बिराटनगर भन्सार तनाव , नाकाबन्दीमा अध्यक्ष यादव आफै, भारतीय प्रहरीको बाक्लो उपस्थिती

नेपाल–भारत सीमा अन्तरगत विराटनगरको रानी भन्सारको २ नम्बर ढाटमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव धर्नामा बस्न खोज्दा प्रहरीले हस्क्षप गर्न खोज्दा दसगजा क्षेत्रमा प्रहरी र प्रर्दसनकारीबीच झडप भएको छ ।

मधेसी मोर्चाका कार्यकर्ताले दसगजा क्षेत्रमा धर्ना बस्न खोजेपछि प्रहरीले हस्तक्षेप गर्दा दोहोरो झडप सुरु भएको हो । झडपका क्रममा प्रहरीको लाठी प्रहारबाट मोर्चाका दर्जन बढि कार्यकर्ता घाइते भएको संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य जयराम यादबले सप्तरी जागरण अनलाइन लाइ बताए ।

झडपपछि अधिकांश प्रदर्शनकारीहरु ज्यान जोगाउन भन्दै सिमावर्ती जोगवनी तिर लागेका छन् । अहिले उक्त क्षेत्रमा तनाव बढेको छ भने भारतीय सीमा सुरक्षा बल (एसएबी ) को बाक्लो उपस्थिति रहेका छन् ।दशगजामा तनाब बढेपछि भारतीय प्रहरीले अहिले बोर्डर सिल गरेको छ ।

संयूक्त मधेशी मोचाको पुर्वघोषीत कार्यकक्रम अनुसार आइतबार संघिय समाजबादी फोरम नेपालाक अध्यक्ष आफ्नो कार्यकर्ता सहित नेपाल भारतको नाका रानी भन्सारमा धर्नामा बसेको केहि घण्टामै प्रहरीले हस्तक्षेप गरेको थियो । बिराटनगर भन्सार कार्यालयको दुइ नम्बर गेटमा अध्यक्ष यादव सहित , जिल्ला अध्यक्ष राजकुमार यादव लगायतका नेता तथा कार्यकताहरु धर्नामा बसेका हुन ।

2उता पुर्व सभासद जयराम यादवको नेतृत्वमा ठुलो संख्यामा रहेका कार्यकताहरु १ नंम्बर गेटमा धर्नामा बस्न खोजेपछि प्रहरीले बस्न नदिने बताएपछि प्रहरी संग झडप भएको हो  मोर्चाको असोज ५ र ६ गते राजबिराजमा बसेको बैठकले नाकाबन्दी र राजमार्ग केन्द्रीत आन्दोलन गर्ने निर्णय गरेका थिए ।
यता लामो समय देखि मोर्चाले गरेको बन्दका कारण अतिआवश्यक खाद्यान लगायतका सामाग्री भारत बाट आउन नसक्दा बजारमा कालोबजारी बढेको छ । यता मोर्चाले आफ्ना माग पुरा नभए सम्म राजमार्ग र भन्सार केन्द्रीत आन्दोलनलाइ निरन्तरता दिइने बताएको छ । भन्सार केन्द्रीत आन्दोलन मोर्चाले गरे संगै सुरक्षा स्थिती बढाइएको क्षेत्रीय प्रहरी तालीम केन्द्र रानि बिराटनगरले जनाएको छ ।
मोर्चाको अध्यक्ष यादव आफै धर्नामा बसेपछि भन्सारको २ नंम्बर गेटमा नेपाल प्रहरी र ससस्त्र प्रहरीले सुरक्षालाइ मध्यनजर राख्दै बाक्लो उपस्थिती जनाएको छ । ठुलो संख्यामा रहेको कार्यकर्ता हरुसंग मोटरसाइकलमा भन्सार पुगेका अध्यक्ष यादवलाइ कार्यकर्ता हरुले भब्य स्वागत गरेका छन् ।DSC00015

संञ्चारकर्मीहरु संगको संक्षीप्त कुरामा यादवले नाकाबन्दी भारतले नभइ आफुहरुले गरेको बताए । उनले नेपालको आन्तरीक मामिलामा भारतलाइ दोष दिनु नेताहरुको मुर्खता हुने बताए । उनले आन्दोलन मधेशमुक्तीका लागी भएको बताउँदै नाकाबन्दीलाइ शसक्त र प्रभावकारी बनाउन मधेशी समुदाय संग आग्रह समेत गरेका छन् ।
Previous
Next Post »